- असार ०७, २०८०
मोरङ, १७ मङ्सिर । मोरङ ग्रामथान गाउँपालिकाको अध्यक्ष पदमा नेकपा (माओवादी केन्द्र)का उम्मेदवार नमोनारायण माझीले छ हजार नौ सय ६९ मत ल्याएर निर्वाचित भएका छन् ।
आइतबार सम्पन्न उपनिर्वाचनमा उनको निकटतम् प्रतिस्पर्धीमा नेपाली कांग्रेसका बलराम सरदार थारुले पाँच हजार तीन सय ३३ मत ल्याएकाे सहायक निर्वाचन अधिकृत रामराज पौडेलले जानकारी दिए । गत असार ३ गते ग्रामथानका तत्कालीन अध्यक्ष जयप्रकाश गच्छदारको निधनपछि उपनिर्वाचन भएको हो ।
गुलरिया (बर्दिया), बर्दियाको ठाकुरबाबा नगरपालिका–४ को वडाध्यक्ष पदमा नेपाली कांग्रेसका उम्मेदवार अमिन थारुले एक हजार ४३ मत प्राप्त गरेर विजयी भएका छन् । उनको निकटतम प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र)का छ सय ७८ मत प्राप्त गरेकाे मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
काँक्रेविहार (सुर्खेत) , जाजरकोट नलगाड नगरपालिकामा भएको उपप्रमुख पदमा नेकपा (माओवादी केन्द्र)का उम्मेदवार देवका लामिछानले चार हजार दुई सय ७२ मत प्राप्त गरेर निर्वाचित भएका छन् ।
उनका निकटतम प्रतिस्धी नेपाली कांग्रेसका उम्मेदवार इन्द्राचन्द सिंहले तीन हजार एक सय ४७ मत प्राप्त गरेकाे सहायक मतदान अधिकृत धर्मबहादुर बुढाले जानकारी दिए । उनका अनुसार सोह्र हजार चार सय ४९ मतदाता मध्ये १० हजार छ सय छ मत खसेको थियो ।
टिप्पणीहरू: