सोमबार, ०८ पुस २०८१

चितवन राइनोजद्वारा काठमाडौँ गुर्खाज पराजित


काठमाडौँ, १७ मङ्सिर । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो खेलमा चितवन राइनोजले काठमाडौँ गुर्खाजलाई  पाँच विकेटले पराजित गरेको छ ।  

काठमाडौँ गुर्खाजले जितका लागि प्रस्तुत गरेको एक सय १२ रनको लक्ष्य चितवन राइनोजले १७ दशमलव एक ओभरमा पाँच विकेट गुमाएर पूरा ग¥यो । चितवनका लागि सन्तोष कार्कीले सर्वाधिक २८ रन बनाए । उनले ३१ बल खेल्ने क्रममा   दुई चौका र एक छक्का प्रहार गरे । यस्तै लुक बेन्केनस्टाइनले २२, हसन इशाखिलले १२, कप्तान कुशल मल्लले ११ र रवि बोपराले ११ तथा शरद भेषवाकरले अविजित ११ रन बनाए । 

बलिङतर्फ काठमाडौँ गुर्खाजका लागि शाहब आलमले तीन तथा गेहार्ड इरास्मस र डान डाउथवेटले एक एक विकेट लिए । 

यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको काठमाडौँले निर्धारित २० ओभरको खेलमा नौ विकेट गुमाउँदै एक सय ११ रन बनायो । काठमाडौँका लागि सुमित महर्जनले ४१ बल खेल्दै एक चौकाको सहयोगमा सर्वाधिक २९ रन जोडे । त्यस्तै माइकल लेभिटले १६ बलमा चार चौका र एक छक्का हान्दै २५ रन बनाए । डान डाउथवेटले अविजित १९ र शङ्कर रानाले १६ रन बनाए । 

बलिङतर्फ चितवन राइनोजका लागि सोहेल तन्भिर एक्लैले पाँच विकेट लिए । उनले चार ओभर बलिङ गर्दै २१ रन खर्चिए । यस्तै रिजन ढकाल, अमरसिंह राउटेला, कुशल मल्ल र लुक बेन्केनस्टाइनले एक एक विकेट लिए । 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ