- असार ०७, २०८०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सर्वोच्च अदालतमा अदालतको अवहेलनासम्बन्धी मुद्दा दायर भएको छ।
गिरीबन्धु टी स्टेट्ससम्बन्धी सर्वोच्चले गरेकाे फैसला कार्यान्वयन नगरेर अदालतको अवहेलना गरेकाे भन्दै अधिवक्ता ओमप्रकाश अर्यालले सोमबार मुद्दा दायर गरेका हुन्।
गिरीबन्धुको मुद्दामा सर्वोच्चको संवैधानिक इजलासबाट जारी भएको निर्देशनात्मक आदेश कार्यान्वयन नभएको र फैसला कार्यान्वयनमा उल्टै अवरोध भएको दाबीसहित अधिवक्ता अर्यालले प्रधानमन्त्री ओली र भूमि व्यवस्थामन्त्री बलराम अधिकारीलाई विपक्षी बनाएर मुद्दा दायर गरेका हुन्।
प्रधानमन्त्री ओलीलाई कारवाही हुनुपर्ने मागससहित दायर भएकाे उक्त मुद्दाकाे पेसी फागुन ४ गते तोकिएकाे छ।
टिप्पणीहरू: