- असार ०७, २०८०
काठमाण्डाैं । रुपन्देही जिल्ला अदालतले नेपाल प्रहरीका पूर्वडिआइजी छविलाल जोशीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएकाे छ ।
बुटवलको सुप्रिम सहकारीको रकम अपचलन मुद्दामा नेपाल प्रहरीका पूर्व डीआईजी छविलाल जोशीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको छ ।
रुपन्देही जिल्ला अदालतमा सोमबार भएको थुनछेक बहसपछि न्यायाधीश वशिष्टकुमार घिमिरेको इजलासले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।
जोशीलाई पछि ठहरे बमोजिम हुने गरेर अहिलेलाई थुनामा पठाउने आदेश भएको अदालतका स्रेस्तेदार यज्ञमुर्ति ज्ञवालीले जानकारी दिए ।
टिप्पणीहरू: