शनिबार, २१ चैत २०८२

गोरखा सेभिङका अध्यक्षसहित चार जना पक्राउ


काठमाडौं । प्रहरीले गोरखा सेभिङ एण्ड क्रेडिट सहकारीका अध्यक्ष इमानसिंह राईसहित ४ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा प्रमुख कार्यकारी अधिकृत लालबाबाबु क्षेत्री, अविन कुमार राई तथा पूर्वलेखा सदस्य कर्ण राई रहेका छन् ।

उनीहरुलाई विभिन्न ठाउँबाट विभिन्न मितिमा पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी मनोहर भट्टले जानकारी दिए ।

उनीहरूलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको छ ।

उनीहरुमाथि प्रवाह भएको ऋण कमसल धितो रहेको, बिना धितो र बैंकमा पहिले नै रोक्का रहेको धितोलाई आधार बनाएर ऋण प्रवाह गरेको आरोप छ ।

 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ