- असार ०६, २०८०
काठमाडौँ। प्रतिनिधिसभाको सभामुख पदमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद (डीपी) अर्याल निर्विरोध निर्वाचित भएका छन्।
शुक्रबार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्ममा अर्यालको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध सभामुखमा चयन भएका हुन्।
सभामुखका लागि बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म समय ताेकिएकाे थियाे। निर्धारित समयमा अर्यालको एकल उम्मेदवारी परेको हो।
अब आइतबार बिहान ११ बजे बस्ने प्रतिनिधिसभा बैठकमा ‘सभामुख पदमा निर्वाचित गरियोस्’ भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।
टिप्पणीहरू: