शुक्रबार, ०५ वैशाख २०८२

२४ घण्टामा चट्याङ लागेर ५ जनाको मृत्यु


सांकेतिक तस्बिर

काठमाडौं । पछिल्लो २४ घण्टामा चट्याङ लागेर देशभर ५ जनाको मृत्यु भएको छ ।

चट्याङ लागेर विभिन्न पाँच जिल्लाकाे गरी ५ जनाकाे मृत्यु भएकाे राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएकाे छ । 

मृत्यु हुनेमा झापा, माेरङ, धनुषा, डोटी र  बझाङका रहेका छन् ।

प्राधिकरणका अनुसार मोरङको कानेपोखरी गाउँपालिका–१ का १२ वर्षीय बालकको चट्याङ लागेर मृत्यु भएको छ भने धनुषाको नगराईन नगरपालिका–८ अकौरामा ६० वर्षीया महिलाको ज्यान गएको छ ।

यसैगरी हुरी, असिनापानीसँगै परेको चट्याङ लागेर गए राति डोटीको सायल गाउँपालिका–६ दल्लेखमा ३३ वर्षीया कमला नागरीको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् ।

यस्तै बझाङको बित्थडचिर गाउँपालिका–३ मा ७८ वर्षीया महिलाको मृत्यु भएको र २ जना बालिका घाइते भएकाे प्राधिकरणले जनाएकाे छ ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ