- असार ०६, २०८०
काठमाडौं । विभिन्न पेशागत संगठनले काठमाडौं महानगरपालिकाको प्रहरी प्रमुख राजुनाथ पाण्डे र मेयर बालेन्द्र शाह (बालेन) का स्वकिय सचिव भूपदेव शाहलाई कारबाहीको माग गरेका छन् ।
स्थानीय तहमा क्रियाशील पेशागत संगठनहरूले चैत २१ गते महानगर कार्यालयमा भएको घटनाको छानविनको माग गर्दै कारबाही गर्न महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोग गुरागाईंसँग माग गरेका हुन् ।
स्थानीय तह कर्मचारी युनियन, नेपाल, स्थानीय तह कर्मचारी संघ नेपाल, महानगर कर्मचारी परिषद्, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन र नेपाल वातावरण तथा सरसफाई श्रमिक संघले कारबाहीको माग गरेका हुन् ।
तीन संगठनहरुले तीन दिनभित्र अधिकारसम्पन्न छानबिन समिति गठन गर्न माग गरेका छन् ।
प्रमुख प्रशासकिय अधिकृग गुरागाईंलाई महानगरप्रमुख बालेनले कारबाही गरेपछि महानगरका कर्मचारीले तीन महिनदेखि तलब खान पाएका थिएनन् । कर्मचारी र बहुमत कार्यपालिका सदस्यले गत २१ चैतमा गुरागाइलाईंलाई कार्यलयमा हाजिर गराएका थिए ।
टिप्पणीहरू: