- असार ०७, २०८०
काठमाडौँ । काठमाडौँ महानगरपालिका–२४ मखनटोलमा आज बिहान ग्यास चुहिएर लागेको आगो निभाइएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार उक्त वडाका दुईवटा घरमा लागेको आगो निभाइएको हो ।
बुधबार बिहान दयाराम श्रेष्ठको चारतले घरमा ग्यास चुहिएर आगलागी भएकाे थियाे । श्रेष्ठको घरसँगैको रुकेश श्रेष्ठको पाँचतले घर पनि आगो सल्केको थियाे ।
काठमाडौँ र ललितपुर महानगरपालिकाका वारुणयन्त्र, नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र स्थानीयको सक्रियतामा आगो निभाइएको हो । घटनास्थलबाट अन्दाजी ७० वर्षकी महिलाको शव निकालिएको छ ।
टिप्पणीहरू: