मङ्गलबार, ३० वैशाख २०८२

मीनबहादुरसँग दान लिन हुन्न भन्नेहरुप्रति ओलीकाे कटाक्ष


काठमाडौं । भाटभटेनीका सञ्चालनक मीनबहादुर गुरुङसंग पार्टी अफिस निर्माणका लागि भन्दै दान लिएका प्रधानमन्त्री केपी शर्मा ओलीले दान लिन हुन्न भन्नेहरुप्रति कटाक्ष गरेका छन् ।

मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा चलचित्र छायांकन स्टुडियो निर्माण आरम्भ कार्यक्रममा भेलाभएका चलचित्रकर्मीका बीचमा प्रधानमन्त्री ओलीले साना साना काममा आफ्ना पार्टीका केही मान्छेहरु निकै हौसिएको टिप्पणी गरे । ‘एक दुईवटा साना काममा साथी भाई बहुत हौसिन्छन्, हामी छौं भन्छन्, चन्दा उठाउछन् ।’ ओलीले भने । पार्टी कार्यकर्ताबाट चन्दा उठाएर पार्टी अफिस बनाउनुपर्छ भन्नेहरुप्रति कटाक्ष गर्दै उनले भने ‘अस्ति हाम्रो पार्टी अफिस एक एक रुपैयाँमा बनाउछौं भन्ने पनि निस्किए ।’ ओलीले भने । एक एक रुपैयाँ त बैंकले समेत नसाटिदिने भन्दै खिसिट्युरी गरे ।’

प्रधानमन्त्री ओलीले गुरुङसँग जग्गा दान लिएको विषयमा पार्टीभित्रै चर्को आलोचना भएको थियो । पार्टीको निर्णयको आलोचना गरेको भन्दै वृन्दा पाण्डे र उषाकिरण तिम्सिनलाई कार्वाही गरेको थियो भने भीम रावललाई पार्टीबाटै निस्कासन गरेको थियो ।

जग्गा दान लिएकै विषयमा चौतर्थी टिप्पणी भएपछि प्रधानमन्त्री ओलीले ‘कुन चाँही पार्टीको पार्टी अफिस आफ्नै पैसामा बनेको छ ?’ सबैका पार्टी कार्यालय व्यवसायीले नै बनाइदिएको टिप्पणी गरेका थिए । जग्गा दान लिएको विषयमा एकथरी एमाले कार्यकर्ता अहिले पनि रुष्ट छन् । त्यो बुझेका ओलीले बेला बेलामा खिसिट्युरी गर्दै कार्वाहीको धम्कि दिने गर्छन् ।


टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ