मङ्गलबार, ०९ पुस २०८१

फेरि पनि चुनाव हुन नकसेपछि पत्रकार महासंघका कार्यबाहक अध्यक्षले दिए राजीनामा



काठमाडौं, ४ भदौ । पत्रकार महासंघका कार्यवाहक अध्यक्ष रमेश विष्टले राजीनामा दिएका छन् । शुक्रबार पत्रकार महासंघ केन्द्रीय कार्यसमिति समक्ष राजीनामा बुझाएका हुन् ।

आगामी असोज १२ गतेका लागि तोकिएको महासंघको निर्वाचन हुन नसक्नुका सबै कमजोरीको नैतिक जिम्मेवारी लिँदै आफूले पदबाट राजीनामा दिएको बताएका छन् ।

पत्रकारीता क्षेत्रले नै नचिनेका व्यक्तिलाई घरमै सदस्यता पु¥याउने गलत अभ्यास हुर्किदै जानु लज्जाको विषय हो भन्दै कार्यबाहक अध्यक्षले संगठनहरुको दवावमा त्यस्ता व्यक्तिलाई सदस्य स्वीकार गर्दै जानु महासंघको गम्भिर भुल भएको स्वीकार्नु पर्ने बताएका छन् ।

पत्रकार महासंघले सदस्यता शुद्धिकरण अभियान सुरु गरेपछि विभिन्न दल आबद्ध संगठनले महासंघको सदस्यमा अतिरिक्त चासो बढाएका थिए । सदस्यता काट्ने र थप्ने विषयमा महासंघ नेतृत्व र दलिय सगठनविच विवाद बढ्दै गएको छ ।

यहि विवादका कारण चैतमा हुनुपर्ने महासंघको निर्वाचन असोज लाग्दा समेत हुन सकेको छैन । समयमा चुनाव हुन नसकेको स्वीकार्दै महासंघ अध्यक्ष विपुल पोखरेलले भदौ २४ मा राजीनामा बुझाएका थिए ।




टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ