शनिबार, ०६ वैशाख २०८२

फेसबुकले सरकारलाई नै टेर्दैन, दर्ता नगरे प्रतिबन्ध लाग्छ: सञ्चारमन्त्री गुरुङ (भिडियाे)


काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारले तोकेको म्यादभित्र दर्ता नभए फेसबुकलगायतका सामाजिक सञ्जालमाथि प्रतिबन्ध लाग्ने बताएका छन् ।

शुक्रबार काठमाडौंमा सञ्चारिका समूह नेपालको ९ औं महाधिवेशनलाई सम्बोधन गर्दै मन्त्री गुरुङले नेपालमा सञ्चालन हुने सवै सामाजिक सञ्जाल प्ल्याट्फर्महरुले नेपालको नियम मान्नुपर्ने भन्दै सरकारले तोकेको म्यादभित्र दर्ता नभए प्रतिबन्ध लाग्ने बताएका हुन् ।

‘पहिला पनि हामीले तीन महिनाकाे सूचना जारी गरेकाे हाे, दर्ता गर्न आउ भनेर । अहिले एक महिना सकिन दुई/तीन दिन बाँकी छ । कोही आउँदैन,’ उनले भने,  मेटा जसले फेसबुक, म्यासेन्जर, ह्वाट्एप, इन्टाग्राम चलाउँछ, त्याे अहिलेसम्म दर्तामा किन आउँदैन? ‘सरकारलाई नै टेर्दैन, नेपाललाई नै टेर्दैन उसले । घमण्ड गरेर बसे प्रतिबन्ध लाग्छ ।’


टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ