शनिबार, २४ जेठ २०८२

उपप्रमुख सुनितासहित कार्यपालिका सदस्यकाे बालेनलाई पत्र : बैठक छिटाे राखियाेस्


काठमाडाैं ।  काठमाडौं महानगरपालिकाका कार्यपालिकाका सदस्यहरूले जतिसक्दो छिटो बैठक राख्न माग गरेका छन् ।

उपमेयर सुनिता डंगोलसहित कार्यपालिकाका ४१ जना सदस्यहरूले चाँडो बैठक राख्न माग गर्दै मेयर बालेन शाहलाई साेमबार पत्र लेखेका छन् ।

महानगरपालिकाको कार्यपालिका बैठक गत पुस महिनादेखि बसेका छैन । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १७ को उपदफा १ ‘कार्यपालिकाको बैठक कम्तीमा महिनाको एक पटक बस्नेछ’ भन्ने व्यवस्था छ ।

 स्थानीय तहले असार १५ सम्ममा बजेट ल्याउनुपर्ने कानुनी बाध्यता छ । तर, लामो समयदेखि कार्यपालिका बैठक बस्न नसक्दा आर्थिक वर्ष २०८२–८३ का लागि बजेट निर्माणको प्राथमिकताका विषयमा महानगरले कार्यपालिकामा छलफल गर्न सकेकाे छैन ।

महानगरका प्रमुखले बैठक नबोलाउँदा आगामी आर्थिक वर्षको बजेट आउने–नआउने समेत अन्योल देखिएको भन्दै मेयरलाई बैठकका लागि पत्र लेखेकाे उनीहरुकाे भनाई रहेकाे छ ।

बालेनले निलम्बन गरेका प्रमुख प्रशासकिय अधिकृत सराेज गुरागाईलाई महानगरका बहुमत कार्यापालिका सदस्यले कार्यालयमा हाँजिर गराएपछि बालेन र अन्य जनप्रतिनिधिकाे सम्बन्ध थप खराब भएकाे छ ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ