- असार ०७, २०८०
नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुका नेताले ड्युटीमा खटिएका प्रहरीमाथि आक्रमण गरेका छन्।
प्रहरी वृत्त, दरबारमार्गअन्तर्गतको केशरमहल बिटबाट खटिएका दुई जना प्रहरीमाथि गएराति अनेरास्ववियुका नेताहरुले सांघातिक आक्रमण गरेकाे बताइएकाे छ।
उनीहरुकाे आक्रमणबाट प्रहरी हवल्दार जगुलाल घर्ती र प्रहरी जवान नगेन्द्रराज विष्टको गम्भीर घाइते भएकाे प्रहरी वृत्त दरबारमार्गले जनाएकाे छ। हाल उनीहरूको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ।
प्रहरीका अनुसार आक्रमणमा संलग्न अनेरास्ववियुका स्थायी कमिटी सदस्य तथा अमृत साइन्स क्याम्पस (अस्कल) का पूर्वस्ववियु सभापति कमल जोशी र सोही क्याम्पसका प्राक उपाध्यक्ष दिनेश सिग्देलसहितको टोली फरार रहेका छन्।
उनीहरुकाे खाेजी जारी रहेकाे र आक्रमणमा संलग्नविरुद्ध मुद्दा दर्ता गर्ने तयारी भइरहेकाे प्रहरीले जनाएकाे छ।
टिप्पणीहरू: