बिहिबार, ०४ वैशाख २०८२

दुर्गा प्रसाई भन्छन् - म चाैबिस घन्टाभित्र सार्वजनिक हुन्छु


काठमाडौँ । चैत १५ गते भएकाे राजावादीकाे आन्दाेलनमा अराजक गतिविधि गरेर फरार दुर्गा प्रसाईंले प्रहरीलाई सामाजिक सञ्जालबाट भिडियाे सार्वजनिक गर्दै प्रहरीलाई  चुनौती दिएका छन् ।

बुधबार सामाजिक सञ्जाल फेसबुकमा एक भिडियो अपलोड गर्दै प्रसाईंले आफूसँग वलिक र मानव अधिकारवादीको रोहवरमा कुरा  गर्ने भए आफू २४ घण्टाभित्र सार्वजनिक हुने दावी गरेका छन् ।

‘मलाई खोज्नु पर्दैन । म आईजीपीलाई यहीँबाट भन्छु, म तपाईंलाई राम्रोसँग चिन्दछु, तपाईं राम्रो क्याडर हो । मैले तपाईंलाई के भन्न चाहान्छु, तपाईंले यो जिम्मेवारी लिनुहुन्छ र ५/५ जना वकिल र मानव अधिकारवादी रोहबरमा तपाईंले कुरा गर्नुहुन्छ भने म यो सम्बोधन आएको २४ घण्टादेखि ३६ घण्टाभित्र सार्वजनिक हुन्छु ।’

त्यस्तै उनले तीनकुने घटनामा ज्यान गुमाएका २ जनाको परिवारलाई ५/५ लाख दिने घोषणा समेत गरेका छन् । 

चैत १५ गते तीनकुनेमा भएको राजावादी आन्दोलनको कमाण्डर रहेका प्रसाईंले प्रहरीको ब्यारिकेटसमेत तोडेर निषेधित क्षेत्र ताेडेर भागेका थिए ।

 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ