सोमबार, २५ चैत २०८१

शिक्षकहरूलाई प्रचण्डले भने- माग पूरा नहुँदासम्म आन्दोलन नछाेड्नुस्, हामी तपाईंहरुको साथमा छौँ


काठमाडाैँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नाे माग पूरा नभएसम्म सडक आन्दोलन नछोड्न शिक्षकहरूलाई आग्रह गरेका छन् । 

आइतबार नेवा राष्ट्रिय मुक्ति मोर्चाको प्रशिक्षण भेलालाई सम्बोधन गर्दै प्रचण्डले माग पूरा नभएसम्म शिक्षकहरूलाई सडक आन्दोलन जारी राख्न आग्रह गरेका हुन् । 

‘म शिक्षकहरू साथीलाई बधाइ भन्न चाहन्छु । तपाईंहरूले हामी छाेड्दैनाैँ भन्नुभएकाे छ । म तपाईंहरूलाई भन्न चाहन्छु- जबसम्म तपाईंहरूकाे माग पूरा हुँदैन, तपाईंहरूले नछाेड्नुस् । कहिले सिटी बजाउनुस्, कहिले के गर्नुहुन्छ गर्नुस् । हामी तपाईंहरूको साथमा छौं,’ उनले भने ।

प्रचण्डले शिक्षकहरूको निम्ति जरुरी परे प्रतिपक्षीको बैठक बसेर संसद्‍को विशेष अधिवेशन बोलाएर भए पनि माग पूरा गर्न अगाडि बढ्ने बताए ।

‘मैले अहिले प्रतिपक्षी सबै दलहरूसँग कुरा गर्न त भ्याएको छैन । मैले अहिले यहीँबाट घाेषणा त गर्न सक्दिनँ तर प्रतिपक्षीको बैठक बसेर शिक्षकहरूको निम्ति जरुरी पर्‍यो भने संसद्‍को विशेष अधिवेशन बोलाएर भए पनि शिक्षककाे माग पूरा गर्न अगाडि बढ्छाैँ’, उनले अगाडि भने, ‘प्रतिपक्षी दलहरूसँग आजैदेखि छलफल गर्ने मेरो विचार छ । शिक्षकहरूलाई यति धेरै सताउने काम सरकारले नगरोस्। यसकाे परिणाम धेरै ठूलाे हुनसक्छ ।’


टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ