- असार ०७, २०८०
काठमाडौं । चिकित्सा शिक्षा आयोगको बैठकले गरेका निर्णय कार्यान्वयन नगरेकाे भन्दै डक्टरहरु सरकारविरुद्ध प्रदर्शनमा उत्रिएका छन् ।
गत माघ २५ गते प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीका अध्यक्षतामा बसेको चिकित्सा शिक्षा आयोगको १६ औँ बैठकले निजी मेडिकल कलेजमा अध्ययनरत आवासीय चिकित्सकलाई सरकारी सरह (आठौँ तह) को निर्वाह भत्ता उपलब्ध गराउने निर्णय गरेको थियो ।
तर, उक्त निर्णय अहिलेसम्म कार्यान्वयन भएकाे छैन । प्रदर्शनमा उत्रिएका डक्टरले आफुमाथी श्रम शाेषण भएकाे बताएका छन् । आइतबार माइतीघरमा धर्नामा उत्रिएका डाक्टरहरूले चिकित्सा शिक्षा आयोगको बैठकले गरेका निर्णय कार्यान्वयन नभएको, स्वास्थ्य शिक्षामाथि व्यापारीकरण नरोकिएको, राजनीतिककरण उत्तिकै रहेकोलगायत विभिन्न मागसहित दबाब दिएका छन् ।
टिप्पणीहरू: