बिहिबार, ०६ कात्तिक २०८२

ब्रम्हायणी मेलासँगै भक्तपुरको शक्तिपिठमा भक्तजनको घुइँचो


भादगाउँ। नवरात्राका अवसरमा आज भक्तपुरको ब्रम्हायणी शक्तिपिठमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ।

आजको दिन घर घरको पूजाकोठामा दुर्गा भवनीलाई आह्वान गरी जमरा राख्न ब्रम्हामायणी घाटमा स्नान गरी ब्रम्हायणी देवीको पूजाआरधना गरी जमरा राख्न पागो माटो र खोलाको जल लिन भक्तजनहरुको घुइँचो लाग्ने गर्दछ।

आजैदेखि शक्तिपिठ बाहेक यहाँको दरबार स्क्वायरको तलेजु र क्वाठण्डौँस्थित एकान्त कुमारी देवगृहमा पनि मेला लागेको छ। आश्विन शुक्ल प्रतिपदाको दिनदेखि भक्तपुरमा नवरात पनि सुरु भएको छ।

नवरातको समयमा नौ दिनसम्म क्रमशःभक्तपुरको ब्रम्हायणी, महेश्वरी, कुमारी, भद्रकाली, बाराही, इन्द्रायणी, महाकाली, महालक्ष्मी, त्रिपुरासुन्दरी मन्दिरमा दर्शनका लागि दर्शनार्थीको घुइँचो लाग्ने गर्छ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ