शनिबार, १० साउन २०८२

नेपाली राजनीतिमा प्रतिशोध बढेर गयो : उपसभापति गुरुङ


धादिङ । नेपाल काङ्ग्रेसका उपसभापति, पुर्व मन्त्री धनराज गुरुङले नेपाली राजनीतिमा प्रतिशोध बढेर गएको बताएका  छन् ।

नेपाली काङ्ग्रेस धादिङका पुर्व जिल्ला सभापति,प्रजातन्त्र सेनानी एवम् जेष्ठ राजनितीज्ञ स्व. भरत प्रसाद उप्रेतीको १३ औं दिनको पुण्य तिथिमा आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै उपसभापति गुरुङले राजनीतिमा पार्टी भित्र र पार्टी बाहिर प्रतिस्पर्धा हुनुपर्नेमा पछिल्लो समय प्रतिशोध बढेर गएको बताए ।

बढ्दै गएको प्रतिशोधको राजनीतिलाई नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाकै नेतृत्वमा हटाउनु पर्ने बिचार उनले व्यक्त गरे । शोकसभालाई सम्बोधन गर्ने क्रममा उनले मृत्यु भनेको शरीरबाट आत्मा छुट्टीनु भएको भन्दै बिचार र आत्मा कहिल्यै नमर्ने धारणा राखे। बिपिले प्रतिपादन गरेको बिचारलाई काङ्ग्रेसले आत्मासाथ गरेको भन्दै यहीँ बिचारको सहि कार्यन्वयन गर्न सके स्वर्गीय भरत प्रसाद उप्रेती लगायतका नेताको सम्मान पुग्ने उहाँको धारणा थियो ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ