- असार ०७, २०८०
काठमाडौं। जिल्ला प्रशासन कार्यालय बाराले लगाएको कर्फ्यू आदेश उल्लङ्घन गर्दै युवाहरूले सिमरामा प्रदर्शन गरेका छन्।
एमाले कार्यकर्ता र जेनजी युवाहरूबीच झडप भएपछि स्थानीय प्रशासनले सिमरामा कर्फ्यू आदेश जारी गरेकाे छ। कर्फ्यूबीच नै युवाहरूले प्रदर्शन गरेका हुन्।
एमाले महासचिव शंकर पोखरेल र नेता महेश बस्नेत बाराको परवानीपुरमा हुने भनिएको कार्यक्रममा सहभागी हुन सिमरा विमानस्थल हुँदै जान लागेको सूचना पाएपछि जेनजी युवाहरूले प्रदर्शनमा उत्रिएका हुन्।
प्रशासनले गण्डक नहरदेखि पथलैया सडकखण्डको दायाँ–बायाँ ५०० मिटर र सिमरा विमानस्थलको वरिपरि ५०० मिटरसम्म बुधबार दिउँसो १२:३० बजेदेखि राति ८ बजेसम्म कर्फ्यू लगाएकाे छ।
टिप्पणीहरू: