मङ्गलबार, १२ जेठ २०८३

रास्वपा सांसद जगदीश खरेलले बाेलेकाे शब्द रेकर्डबाट हटाउन माग


काठमाडौँ । विपक्षी दलहरुको विरोधका बीच प्रतिनिधिसभाको बैठक कार्यसूचीमा प्रवेश गरेको छ । १५ मिनेटका लागि स्थगित भएको बैठक करिब एक घण्टापछि पुनः सञ्चालन भएको हो ।
 
बैठक प्रारम्भ हुनासाथ विपक्षी नेपाली कम्युनिष्ट पार्टीका सांसद रमेश मल्लले यसअघिको बैठकमा रास्वपा सांसद जगदीश खरेल (ललितपुर)ले प्रयोग गरेकाे ‘तमासा देखाएको’ भन्ने शब्द असंसदीय भएकाले रेडर्कबाट हटाउन माग गरे।
 
सभामुखसँग समय मागेर रास्वपा सांसद खरेलले आफूले प्रयोग गरेको ‘तमासा’भन्ने शब्द संसदीय मर्यादा विपरीत नरहेको स्पष्ट पारे ।
 
नेपाली कांग्रेसका सांसद निश्कल राईले सभामुखको आदेश विपरीत आफ्नो पार्टीका सांसद गीताकुमारी सेन्दाङलाई बैठक कक्षबाट बाहिर निकालिएको भन्दै नियमापत्ति गरे ।
 
सभामुख अर्यालले सांसद सेन्दाङले सभामुखको आसनतर्फ मोबाइलबाट फोटो र भिडियो खिचेको सम्बन्धमा जाँच गर्न मर्यादापालकलाई निर्देशन दिएको स्पष्ट पारे । “उहाँ (सेन्दाङ) लाई बैठकबाट बाहिर निकालिएको होइन,” सभामुख अर्यालले भने ।
 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ