बिहिबार, ३० असोज २०८२

त्रिविको जग्गा खोजबिन समितिको प्रतिवेदन शिक्षा मन्त्रालयमा पठाउने निर्णय


काठमाडौं । सरकारले त्रिविको जग्गा खोजबिन समितिको प्रतिवेदन शिक्षा मन्त्रालयमा पठाउने निर्णय गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले त्रिभुवन विश्वविद्यालयको जग्गा खोजबिन समितिको प्रतिवेदन कार्यान्वयनको लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा पठाउने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता जगदिश खरेलले त्रिविको जग्गा तथा अचल सम्पत्ति खोजिबिन समितिको प्रतिवेदन कार्यान्वयनका लागि शिक्षा मन्त्रालयमा पठाउने निर्णय भएको बताए ।

काठमाडौंमा मात्र १ हजार रोपनी त्रिविको जग्गा हिनामिना भएको छ । काठमाडौं बाहिर पनि खोजबिन आवश्यक रहेको प्रतिवेदनमा उल्लेख छ ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ