- असार ०६, २०८०
काठमाडाैं । नेकपा एमाले केन्द्रीय सचिवालयको बैठक आज ११ बजे गुण्डुमा बस्ने भएको छ ।
बैठकमा समसामयिक राजनीतिक परिस्थिति,पार्टीका आन्तरिक विषयको व्यवस्थापन,जेनजी आन्दोलनपछि पार्टीको अवस्था र आसन्न केन्द्रीय कमिटीका एजेण्डा तय गर्न बैठक आयोजना गरिएको हो ।
यस अघि असोज १९ र २० गतेका लागि तय गरिएको बैठक अविरल वर्षाका कारण स्थगित भएको थियो ।
पार्टीका केन्द्रीय कार्यालय सचिव डा. भिष्म अधिकारीका अनुसार केन्द्रीय कमिटीको बैठकको मिति केही दिन पर सरेको छ ।
जेनजी आन्दाेलनकाे एक महिना पुगेकाे अवसरमा बिहीबार अध्यक्ष केपी ओलीले एमाले संसद पुनर्स्थापनाकाे पक्षमा उभिने सन्देश दिएका थिए ।
टिप्पणीहरू: