- असार ०६, २०८०
काठमाडौं । नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन भएको छ ।
हृदयघात भएको आशंका गरिएको उनकाे अस्पताल लैजाने क्रममा निधन भएको हो ।
नैकापस्थित निवासमा रहेका बेला असहज महसुस भएपछि उनलाई बर्न अस्पताल लगिएको थियो ।
तर अस्पतालमा पुर्याएपछि चिकित्सकले मृत घोषणा गरेको नेकपा संयुक्तका प्रवक्ता दामोदर अर्यालले जानकारी दिए ।
सञ्चार उद्दमी समेत रहेका पाैडेल कम्युनिष्ट नेता मोदनाथ प्रश्रितका छोरा हुन् ।
टिप्पणीहरू: