सोमबार, ०२ चैत २०८२

कैलाली-३ मा मतगणना सुरु


घोडाघोडी (कैलाली)। कैलाली प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं ३ को मतगणना सुरु भएको छ। निर्वाचन अधिकृत पुस्कलराज प्रसाईंले यहाँ मतगणना सुरु भएको जानकारी दिए।

उनका अनुसार कैलारी गाउपालिका-३ बाट मतगणना सुरु भएको छ। यहाँ एक लाख नौ हजार १२२ मतमध्ये ५५ प्रतिशत अर्थात् ६० हजार २९४ मत खसेको थियो।

यस क्षेत्रमा घोडाघोडी नगरपालिका, भजनी नगरपालिका र कैलारी गाउँपालिका गरी ४५ मतदानस्थल र १४७ मतदान केन्द्र रहेका थिए। यहाँ विभिन्न ११ दलका ११ उम्मेदवारहरू चुनावी मैदानमा छन्।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ