- मंसिर १०, २०८२
कर्णाली। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सुर्खेतका दुवै क्षेत्रको मतगणना सुरु भएको छ। क्षेत्र नं १ मा एक हजार ९८७ मतगणना हुँदा खड्काले ७९८ मत मत प्राप्त गरेका छन्।
यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर सिंहले ५४५, नेकपा (एमाले) का ध्रुवकुमार शाहीले ४२७ र नेपाली कम्युनिष्ट पार्टीका जीतबहादुर रानाले ७७ मत प्राप्त गरेको भएको निर्वाचन अधिकृत कैलाशप्रसाद भट्टराईले जानकारी दिए।
यस्तै, क्षेत्र नं २ मा एमालेका कुलमणि देवकोटाको अग्रता छ। यहाँ ७८१ मतगणना हुँदा उनले ३१६ मत प्राप्त गरेका छन्।
नेपाली कांग्रेसका नारायणकुमार कोइरालाले २१८, राष्ट्रिय स्वतन्त्र पार्टीका रमेशकुमार सापकोटाले १२७ र नेपाली कम्युनिष्ट पार्टीका झकबहादुर मल्लले १०७ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत दीपक ढकालले जानकारी दिए।
टिप्पणीहरू: