शुक्रबार, ०४ वैशाख २०८३

तत्कालीन आयुक्त तिवारीविरुद्ध भ्रष्टाचार मुद्दा


काठमाडौं । काठमाडौं उपत्यका विकास प्राधिकरणका तत्कालीन विकास आयुक्त भाइकाजी तिवारीविरुद्ध गैरकानूनी सम्पत्ति आर्जन गरेकाे अभियाेगमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।

तिवारीले सार्वजनिक पदमा रहँदा पदीय मर्यादाविपरीत कार्यगरी आफ्नो हैसियतभन्दा बढी अस्वाभाविक सम्पत्ति आर्जन गरेको अभियोगमा अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

अख्तियारका अनुसार तिवारीको सेवा प्रवेश अवधि मिति २०४४/०५/१९ देखि अवकाश भएको मिति २०७८/०१/०९ सम्मको जाँच अवधिमा कुल वैध आय १४ करोड ५१ लाख ९१ हजार ३५६ रूपैयाँ देखिएको छ । सोही अवधिमा उनको कुल खर्च तथा लगानी २५ करोड ६ लाख ४७ हजार २२७ रूपैयाँ भेटिएको छ ।

आय-व्यय हिसाब गर्दा १० करोड ५४ लाख ९५ हजार ८७१ रूपैयाँ बराबरको सम्पत्ति गैरकानुनीरूपमा आर्जन गरेको अख्तियारले जनाएको छ । अख्तियारले सोही रकम बराबर रकम बिगो दाबी गरेको छ ।

उक्त मुद्दामा तिवारीकी श्रीमती मिनादेवी र छोरी मीरा तिवारीलाई पनि प्रतिवादी बनाएको छ ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ