- असार ०७, २०८०
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमका प्रबन्ध निर्देशक संगिता पहाडीसहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।
नेपाल टेलिकमको बिलिङ प्रणालीको मर्मत सम्भारसम्बन्धी ठेक्का लम्ब्याउने क्रममा भ्रष्टाचार भएको निष्कर्षसहित अख्तियारले मुद्दा दायर गरेको हो ।
स्राेतका अनुसार उनीहरुसँग ३३ कराेड माग दाबी गरिएकाे छ ।
टिप्पणीहरू: