शुक्रबार, २३ जेठ २०८२

भारतमा कोरोना संक्रमण बढ्यो, १२ जनाको मृत्यु


नयाँ दिल्ली । भारतमा कोरोना संक्रमण क्रमश बढ्दै गएको छ । अहिलेसम्म १०८३ जनामा संक्रमण देखिएको छ भने १२ जनाको मृत्यु भएको छ ।

सबै भन्दा धेरै संक्रमित केरलामा छन्, जहा ४३० जनामा संक्रमण पुष्टि भएको हो । कर्नाटकमा ३६, गुजरातमा १७, बिहारमा ५, हरियाणमा ३ जनामा संक्रमण पुष्टि भएको छ ।

उत्तरप्रदेशको फिरोजाबादमा ७८ वर्षीय संक्रमितको मृत्यु भएको छ भने महाराष्ट्र, राजस्थान, पश्चिम बंगाल, कर्नाटक र मध्ये प्रदेशमा कुल ११ जना गरेर जम्मा १२ जनाको मृत्यु भएको छ ।
भारतको केही राज्यमा चार नयाँ भेरिएन्टको कोरोना देखिएको भारतीय मिडियाले उल्लेख गरेको छ ।
 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ