शनिबार, २४ जेठ २०८२

प्रधानमन्त्रीलाई भेट्न गृहमन्त्री लिएर बालुवाटार पुगे देउवा, के-के भयाे कुराकानी?


काठमाडाैँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा गृहमन्त्री रमेश लेखकलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका छन्।

भिजिट भिसा प्रकरणमा गृहमन्त्रीकाे राजीनामा माग गर्दै विपक्षी दलहरूले संसद अवरोध गरिहरेकाे बेला देउवा र लेखकलाई प्रधानमन्त्री ओलीलाई बालुवाटार पुगेका हुन्।

उनीहरूबीचकाे भेट नियमित भएकाे र भेटमा समसामयिक विषयमा छलफल भएकाे गृहमन्त्रीकाे सचिवालयले जनाएकाे छ।

विपक्ष दलका सांसदहरूले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीले राजीनामा दिनुपर्ने र उच्चस्तरीय छानबिन आयोग गर्नुपर्ने माग गर्दै सदन चल्न दिएका छैनन् । 
 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ