- असार ०६, २०८०
काठमाडाैं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसदले प्रधानमन्त्री वालेन्द्र शाहलाई कालो चस्मा खोल्न आग्रह गरेका छन्।
प्रतिनिधि सभाको सोमबारको बैठक सुरु हुनेवितिक्कै प्रतिपक्ष दलका सांसदले आफ्नो स्थानमा उठेर विरोध जनाएका थिए। प्रधानमन्त्री शाहको सीमासम्बन्धी विवादित अभिव्यक्तिलाई लिएर प्रतिपक्षी दलले विरोध जनाउँदै आएका छन्।
सोमबारको बैठकमा पनि प्रतिपक्ष दलका सांसदले विरोध जनाएपछि सभामुख डोलप्रसाद अर्यालले नेपाली कांग्रेसकी सांसद रेनुका काउचालाई बोल्न समय दिएका थिए। सांसद काउचाले प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमा आफू एक्लै लडिरहेको भनाईबारे भनिन् ‘कालो चस्मा खोल्नुस, तपाई एक्लो हुनुहुन्न मुलुकको हितमा तपाईले चाल्ने हरेक कदममा प्रतिपक्ष तपाईको साथमा छ। ’
प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमार्फत आफु एक्लै लडिरहेकाे लेखेका थिए ।
उनले राम्रा काममा प्रतिपक्षको साथ रहने र गतल काममा खबरदारी गर्ने बताइन्। तर, नेपालले पनि भारतको जमिन मिचेको भन्ने अभिव्यक्ति सच्याउन आग्रह गरिन्।
टिप्पणीहरू: