सोमबार, २५ साउन २०८३

प्रधानमन्त्रीले सीमासम्बन्धी दिएकाे अभिव्यक्ति सच्याउनु पर्ने


काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले सीमासम्बन्धी अभिव्यक्ति सच्याउन माग गरेका छन् । 

गत जेठ १७ गते सीमा सम्बन्धमा प्रधानमन्त्रीबाट  संसद्मा व्यक्त भएको अभिव्यक्ति सच्याउन आग्रह गरेका हुन् । प्रतिनिधिसभाको  बैठक सुरु हुनासाथ  विपक्षी दलका सांसदले आसनबाट उभिएर विरोध जनाएपछि सभामुखले दलीय आधारमा बोल्न समय दिएका थिए । बैठकमा नेपाली कांग्रेसका सांसद रेनुका काउचाले प्रधानमन्त्रीले सीमा सम्बन्धमा दिएकाे अभिव्यक्तिबारे हालसम्म स्पष्ट जवाफ नआएको बताइन् । 

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद नीता घतानीले मुलुकको सिमानाका सम्बन्धमा बोल्दा गम्भीर हुनुपर्ने बताउँदै प्रधानमन्त्रीबाट राष्ट्रका नाममा हुने सम्बोधन सरकारी सञ्चार माध्यमबाट हुनुपर्ने बताइन् । नेपाली कम्युनिष्ट पार्टीका सांसद गणेश विश्वकर्माले नेपाल भारत सीमाका सम्बन्धमा सरकारबाट स्पष्ट जवाफ आउनुपर्ने धारणा राखे । 

सांसद विश्वकर्माले दलित, बधुवा श्रम, दलित भूमिहिन, लघुवित्त पीडितका माग वार्ताका माध्यमबाट  सम्बोधन गर्न  माग गरिन् । उनले कानुन, न्याय तथा मानवअधिकार समितिले अन्तरराष्ट्रिय मानव अधिकारवादी संस्थालाई बोलाउनु कानुन मुताविक नभएको टिप्पणी गरे ।श्रम संस्कृति पार्टीका सांसद धु्रवराज राईले देशको सीमा सम्बन्धमा सरकार प्रमुखबाट व्यक्त धारणा स्पष्ट हुनुपर्ने बताए। 

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद सरस्वती लामाले नेपाल बहुजातीय, बहुभाषी, बहुसांस्कृतिक मुलुक भएको उल्लेख गर्दै सबै धार्मिक संस्थाको दर्ता कानुनअनुसार गर्न र आर्थिक पारदर्शिता अपनाउन अनुरोध गरिन् । 
 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ