सोमबार, २५ साउन २०८३

हिमपहिराेमा बेपत्ता भएकाे नाै महिनापछि भेटियाे पाँच जनाकाे शव


काठमाडौं । दाेलखाकाे यलुङरी हिमपहिरोमा परेर बेपत्ता भएका पाँचजनाको शव नौ महिनापछि फेला परेको छ । दोलखाको यलुङरी हिमाल आरोहणमा  गत कात्तिकमा हिमपहिरो जाँदा १५ जना फसेका थिए ।

ती मध्ये आठजनाको सकुशल उद्धार गरिएको थियो भने दुईजना भने मृत भेटिएका थिए । बाँकी पाँचजना बेपत्ता थिए ।

शुक्रबार उनीहरू पाँचजनाकै शव फेला परेको जिल्ला प्रहरी कार्यालय दोलखाका डीएसपी मनोजकुमार लामाले जानकारी दिए । भेटिएका शव दोलखाको गौरीशंकरकै पदम तामाङ र सोलुखुम्बुका मेरे कार्कीको रहेको छ । 

अन्य तीन शवमध्ये एक क्यानडेली, एक इटालियन र एमजना जर्मन नागरिकका रहेका छन् ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ