शुक्रबार, ०३ जेठ २०८२

कांग्रेस, एमाले र रास्वपाका सांसद निलम्बित


काठमाडौँ । टेरामक्स प्रविधिका उपकरण खरिद प्रकरणमा सत्तारूढ दल नेपाली कांग्रेस नेता मोहनबहादुर बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएसँगै प्रतिनिधिसभामा निलम्बन हुने सांसदको सङ्ख्या तीन पुगेको छ । एक जना फरार छन् ।

तीन मध्ये नेपाली कांग्रेसका एक, नेकपा एमालेका एक र राष्ट्रिय स्वतन्त्र पार्टीका एक जना रहेका छन् । राप्रपाका एकजना सांसद भने फरार छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिन्धुपाल्चोक–२ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित सांसद तथा पूर्वमन्त्री बस्नेतसहित १६ जना र २ कम्पनी विरुद्ध ३ अर्ब २१ करोडभन्दा बढी बिगो कायम गरी बिहीबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । योसँगै बस्नेत सांसद पदबाट स्वतः निलम्बनमा परेका छन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा एमाले सचिवसमेत रहेका सांसद टोपबहादुर रायमाझी र सहकारी ठगी प्रकरणमा मुछिएका रास्वपा सभापति समेत रहेका रवि लामिछाने निलम्बनमा छन् । यस्तै राप्रपाकी सांसद गीता बस्नेत फरार छिन् ।

भ्रष्टाचार अभियोगमा विशेष अदालतबाट दोषी ठहर भए पनि कांग्रेसकै सांसद टेकबहादुर गुरुङ सर्वोच्चको आदेशले निलम्बन फुकुवा भई प्रतिनिधिसभामा सहभागी हुँदै आएका छन् ।


टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ