- असार ०६, २०८०
काठमाडौं । मितेरी सहकारी ठगी प्रकरणमा संलग्न ज्योती गुरुङलाई ललितपुर जिल्ला अदालतले २१ दिने सूचना जारी गरेर सबुतप्रमाणसहित प्रतिउत्तर पेश गर्न सूचना जारी गरेकाे छ ।
ज्याेती कांग्रेस नेता धनराज गुरुङकी श्रीमती हुन् ।
स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका २ लामडाँडा स्थायी घर घई हाल ललितपुर महानगरपालिका १४ थसिखेल बस्ने ज्याेतीकाे नाममा सूचना जारी भएकाे छ ।
जिल्ला अदालतबाट गुरुङका नाममा जारी भएको म्याद बदर भई २०८३ साल जेठ ५ मा भएको आदेश अनुसार मुलुकी देवानी कार्यविधि संहिता २०७४ को दफा १०५ को उपदफा २२ बमोजिम २१ दिने सूचना जारी गरिएको सूचनामा उल्लेख छ ।
‘यो म्याद सूचना पत्रिकामा प्रकाशित भएको मितिले बाटोको म्याद बाहेक २१ (एक्काइस) दिनभित्र आफैं वा कानुन बमोजिमको प्रतिनिधि मार्फत् आफ्नो भएको सबुद प्रमाणसहित प्रतिउत्तर पत्र लिई यस अदालतमा उपस्थित हुनुहोला,’ आज गोरखापत्रमा प्रकाशित सूचनामा लेखिएको छ ।
टिप्पणीहरू: