मङ्गलबार, ०५ जेठ २०८३

प्रधानन्यायाधीश शर्माले लिए राष्ट्रपतिबाट सपथ


काठमाडौं । प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले शपथ लिएका छन् । उनले राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएका हुन् ।

उनकाे आजै संसदीय सुनुवाइबाट अनुमोदन भएकाे थियाे ।

सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाका अनुसार, उनको पदभार ग्रहण पनि आजै हुनेछ ।

संवैधानिक परिषद्ले  न्याय परिषद्ले पठाएका ६ जनाको नाम मध्ये हाल सर्वोच्च अदालतमा चौथो वरीयतामा रहेका न्यायाधीश शर्मालाई प्रधानन्यायाधीश बनाउने निर्णय गरेको थियो ।

 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ