मङ्गलबार, ०९ पुस २०८१

चार लाख पचास हजार घुससहित वडाध्यक्ष पक्राउ


काठमाण्डाै, २५ भदाै। जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २४ का वडाध्यक्ष र वडा सचिवसहित तीनजना  चारलाख पचास हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय टंगाल र बर्दिबास कार्यालयको संयुक्त टोलिले वडाध्यक्ष ५७ वर्षीय उपेन्द्र सहनी, वडा सचिव ५२ वर्षीय उपेन्द्र साह र ४५ वर्षीय विजय मण्डललाई घुस रकमसहित पक्राउ गरेको हो ।

उनीहरुलाई मंगलबार दिउँसो वडा कार्यालय परिसरबाटै सेवाग्राहीबाट लिएको घुस रकम ४ लाख ५० हजार रुपैयाँसहित नियन्त्रणमा लिएको अख्तियारका बर्दिबास कार्यालय प्रमुख रामबहादुर कुरुम्वाङले जानकारी दिए ।




टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ