- असार ०६, २०८०
काठमाडौँ, २५ भदौ । नेपाली कांग्रेसका सांसद धनराज गुरुङले सहकारी ठगीको विषयलाई लिएर आफूमाथि लगाइएको आरोपको निष्पक्ष छानबिन गर्न माग गरेका छन् ।
प्रतिनिधिसभाको मंगलबारको बैठकको विशेष समयमा उनले सहकारी ठगीमा आफूमाथि गम्भीर आरोप लगाइएको भन्दै आरोपका छानबिन गर्न गृहमन्त्रालय र सम्बन्धित निकायलाई अनुरोध गरे ।
सहकारी ठगीको अन्तिम प्रतिवेदन सदनमा प्रस्तुत हुन लागेका बेला आफूमाथि लागेको आरोपप्रति आपत्ति जनाउँदै उनले शीघ्र छानबिन गरेर टुङ्ग्याइनुपर्ने बताउनुभयो । साथै उनले छानबिनमा सघाउने बताए ।
आफ्नो पूर्व श्रीमतीसँग आफूलाई जोडेकोप्रति असन्तुष्टि जनाए। 'कुनै व्यापार व्यवसायमा श्रीमान वा श्रीमती दुईमध्ये एकजना जोडिदा एकैठाउँमा राखेर हेर्ने हाम्रो प्रचलन छ। तर, त्यसकारण मलाई त्यसमा जोड्न खोज्नु अनौठो होइन। तर, भूतपूर्व श्रीमतीलाई त्यसरी जोड्ने कुरा व्यवाहारिक कानूनी र नैतिक दृष्टिले पनि मिल्दैन।' उनले भने । आफूले ०७६ सालमै श्रीमतीसँग डिभोर्स गरिसकेको बताउदै १० वर्षे सन्तान हुर्काउदाकाे पिडा सुनाएका थिए । साथै उनले आफ्नाे डिभाेर्सलाई नक्कली भन्नेहरुलाई पुष्टि गर्न चुनाैति दिए ।
टिप्पणीहरू: