- असार ०७, २०८०
काठमाडौँ, ८ असोज । झुट्ठो विवरण पेस गरी नागरिकता बनाएको अभियोगमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धादिङ नेत्रावती गाउँपालिका–१ घर भई हाल काठमाडौँ महानगरपालिका–१० मनमैजु बस्ने मदनबहादुर तामाङ, धादिङ खनियाबास गाउँपालिका–५ घर भई हाल काठमाडौँ सोह्रखुट्टे बस्ने रामेश्वर रिजाल रहेका छन् । त्यस्तै चीनको तिब्बतस्थित हिन्दे घर भई हाल काठमाडौँ महानगरपालिका–६ महाङ्काल बस्ने ५३ वर्षीय छिरिङ ढुन्डुप र सिन्धुपाल्चोक हेलम्बु गाउँपालिका–४ घर भई हाल काठमाडौँ गोकर्णेश्वर नगरपालिका–८ बस्ने ४६ वर्षीय छिरिङ् वाङ्दी शेर्पा रहेका छन् ।
जुवासम्बन्धी कसुरको अनुसन्धानका सिलसिलामा पक्राउ परेका तिब्बतका सोनाम तामाङ भन्ने सोनामको साथबाट बरामद भएको जिल्ला प्रशासन कार्यालय धादिङबाट जारी भएको नागरिकता प्रमाणपत्रका सम्बन्धमा अनुसन्धान गरेको थियो । अनुसन्धानकै क्रममा उक्त नागरिकता छिरिङ ढुन्डुपले नगद चार लाख रुपैयाँमा बनाइदिएको खुल्न आएपछि काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले अभियुक्त छिरिङ ढुन्डुपसहित चार जनालाई पक्राउ गरेको हो ।
टिप्पणीहरू: