सोमबार, ०८ पुस २०८१

चीन भ्रमणबारे पूर्वप्रधानमन्त्री सँग सिंहदरबारमा छलफल गर्दै प्रधानमन्त्री ओली


काठमाडौं, १० मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणमा जानुअघि पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री र मन्त्रीहरुसँग परामर्श सुरु गरेका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मा चीन भ्रमणबारे छलफल भइरहेको छ । छलफलमा प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल, अन्तरिम मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीलगायत सहभागी भएका छन् ।

प्रधानमन्त्री ओली यही मंसिर १७ गते चीन भ्रमणमा जाँदै छन् । 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ