- असार ०६, २०८०
काठमाडाै, १० मंसिर । सुनको मूल्यमा भारी गिरावट आएको छ। सोमबार एकैदिन सुनको मूल्य तोलामा १५ हजार नौसय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघका अनुसार आज (सोमबार) छापावाल सुनको मूल्य तोलाको एक लाख ५१ हजार तीनसय रुपैयाँमा झरेको छ। हिजो सुनको मूल्य एक लाख ६७ हजार दुईसय रुपैयाँ थियो।
सरकारले सुनको भन्सारदर २० प्रतिशतबाट घटाएर १० प्रतिशतमा झारेपछि एकैपटक सुनको भाउमा व्यापक गिरावट आएको हो।
टिप्पणीहरू: