बिहिबार, ११ भदौ २०८३

सम्पर्कविहीन पत्रकार र पत्रकारका परिवारको खोजी कार्यलाई तीव्रता दिन आग्रह


काठमाडौँ । नेपाल पत्रकार महासङ्घले रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीका कारण सम्पर्कविहीन रहेका पत्रकार र पत्रकारका परिवारको खोजीलाई तीव्रता दिन आग्रह गरेको छ ।

कार्यक्रमका सिलसिलामा रसुवागढी नाका हुँदै चीनको तिब्बततर्फ जाने क्रममा रहेका महासङ्घका पूर्वकेन्द्रीय सदस्य एवं नयाँपत्रिका दैनिकका पत्रकार टेकराज थामी बुधबार बिहानदेखि सम्पर्कविहीन भएकाे महासङ्घले जनाएको छ । 

यस्तै नुवाकोटको विदुर नगरपालिका–७ बाट पत्रकार निराजन पौडेलका बुबा, आमा, काका, काकी र बहिनीसहित पाँच सदस्य सम्पर्कविहीन भएको महासङ्घका महासचिव रामप्रसाद दाहालद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।

बाढीप्रभावित क्षेत्रमा विद्युतीय आपूर्ति बन्द भई सञ्चार सेवा अवरुद्ध हुँदा सञ्चारमाध्यम सञ्चालनमा असर पुगेकामा सञ्चार सेवा नियमित गर्न आवश्यक व्यवस्था मिलाउन महासङ्घले आग्रह गरेको छ ।
 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ