शनिबार, २४ जेठ २०८२

बालुवाटारमा मन्त्रिपरिषद्काे बैठक जारी


काठमाडाैँ। मन्त्रिपरिषद्काे बैठक सुरू भएकाे छ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक केहीबेरअघि सुरू भएकाे हाे। मन्त्रिपरिषद्को बैठकले आजै गभर्नर नियुक्ति गर्ने तयारी गरेकाे छ।

आज मंगलबार बसेको गभर्नर सिफारिस समितिकाे बैठकले नेपाल राष्ट्र बैंकको गभर्नरका लागि विश्व पौडल,  राष्ट्र बैंककी डेपुटी गभर्नर नीलम ढुंगाना तिमिल्सिना र पूर्वसचिव दिनेश भट्टराईको नाम सिफारिस गरेकाे थियाे।

आजै मात्रै प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच पौडेललाई नै गभर्नर बनाउने गरी सहमति भएकाे थियाे।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ