शनिबार, २४ जेठ २०८२

गभर्नरका लागि विश्व पौडलसहित ३ जनाको नाम सिफारिस


काठमाडाैँ। नेपाल राष्ट्र बैंकको गभर्नरका लागि ३ जनाको नाम सिफारिस भएको छ।

मंगलबार बसेको गभर्नर सिफारिस समितिकाे बैठकले विश्व पौडलसहित तीन जनाको नाम सिफारिस गरेको हो।

जसमध्ये पहिलो नम्बरमा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्षसमेत रहेका पौडेल, दोस्रोमा राष्ट्र बैंककी डेपुटी गभर्नर नीलम ढुंगाना तिमिल्सिना र तेस्रमा पूर्वसचिव दिनेश भट्टराईको नाम रहेको छ।

प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच मंगलबार मात्रै बालुवाटारमा भएको छलफलमा पौडेललाई नै गभर्नर बनाउने गरी सहमति भएकाे थियाे।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ