- असार ०६, २०८०
काठमाडौँ। प्रहरीले सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा व्यवसायी दिपक भट्टलाई नियन्त्रणमा लिएको छ।
केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोलीले आज काठमाडौँको गैरीधारा क्षेत्रबाट उहाँलाई नियन्त्रणमा लिएको प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले जानकारी दिए।
ब्युरोले सम्पत्ति शुद्धीकरणसम्बन्धी विषयमा भट्टमाथि अनुसन्धान गरिरहेको छ।
टिप्पणीहरू: