- असार ०६, २०८०
काठमाडौं, ४ पुस । क्यान्सरसँग संघर्ष गरिरहेका नेपाली युवा विवेक पंगेनीकाे निधन भएकाे छ । अस्पतालमा उपचारका क्रममा बुधबार उनको निधन भएको हो ।
विवेकलाई ब्रेन ट्युमर (क्यान्सर) भएको थियो । चौंथो स्टेजको क्यान्सरसँग लडिरहेका श्रीमानलाई बचाउन उनकी पत्नी सिर्जना सुबेदीले निकै संघर्ष गरेकी थिइन् । श्रीमानप्रति सिर्जनाको त्याग र समर्पणको सामाजिक सञ्जालमा उच्च प्रशंशा हुँदै आएको थियो ।
विवेक २०७९ सालमा भौतिकशास्त्रमा पीएचडी गर्नलाई फुल स्कलरसीपमा अमेरिका गएका थिए । अमेरिका पुगेको ५ महिनापछि नै पार्किन्सन्सले थलिएकी आमाको निधन भएपछि उनी नेपाल आए । आमाको काजक्रिया सकेपश्चात अमेरिका फर्किने तयारी गर्दैगर्दा उनको आफ्नै स्वास्थ्यमा समस्या देखिएको थियो ।
त्यसपछि अमेरिका जाने अघिल्लो दिन स्वास्थ्य परीक्षणका लागि अस्पताल लैजाँदा थाहा भयो, विवेकलाई क्यान्सरले गाँजिसकेको रहेछ । चौंथो स्टेजमा पुगेको ब्रेन ट्युमर देखिएपछि छाँगाबाट खसे झैं भए विवेक र सिर्जना । त्यसपछि उनीहरु निर्धारित दिनमै अमेरिका गए र विवेकलाई त्यहाँको अस्पतालमा भर्ना गरियो ।
टिप्पणीहरू: