- असार ०७, २०८०
काठमाडौं, ३१ भदौ । सङ्घीय संसद्को बजेट अधिवेशन सोमबार राति १२ बजेबाट अन्त्य हुँदैछ । सरकारको सिफारिसअनुरूप राष्ट्रपति रामचन्द्र पौडेलले अधिवेशन अन्त्य गरिसकेका छन् ।
२०८१ वैशाख २८ गते मङ्गलबार सुरु भएको अधिवेशन १३० दिन चलेको सभामुख देवराज घिमिरेले सदनमा जानकारी दिए ।
सभामुख घिमिरेका अनुसार यसबीचमा ५३ दिनमा ५६ वटा बैठक बस्यो ।
यसैबीच सभामुख घिमिरेले सदनमै संसद्को हिउँदे अधिवेशनमा १४ जना सांसदहरू १० बैठकभन्दा बढी अनुपस्थित भएको जानकारी गराए । उनका अनुसार विविध कारणले उनीहरू लगातार १० भन्दा बढी बैठकमा अनुपस्थित भएका हुन् ।
चारजना सांसद हिउँदे ५६ वटै बैठकमा अनुपस्थित भए । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का दीपक बोहोरा, नेपाली कांग्रेसकी सांसद अम्बिका बस्नेत, मनोरमा शेरचन र नेकपा (एमाले) का वसन्तकुमार नेम्वाङ रहेका छन् । उनीहरू स्वास्थ्य समस्याका कारण बैठकमा उपस्थित हुन नसकेको सभामुख घिमिरले जानकारी दिए ।
पूर्ण पाठ
https://drive.google.com/file/d/1skwn1KUJxBiBGcr5KXN4_JDH3qxMeBVY/view
टिप्पणीहरू: