शुक्रबार, ११ मंसिर २०८३

पूर्वमुख्यसचिव अर्याल म्याद थपका लागि सरकारी वकिल कार्यालयमा


फाइल तस्बिर

काठमाडौं । मलेसिया जाने नेपाली श्रमिकमाथि ठगी प्रकरणमा पक्राउ परेका पूर्वमुख्यसचिव एकनारायण अर्याललाई म्याद थपका लागि सरकारी वकिल कार्यालयमा ल्याइएको छ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनलाई बिहीबार नेपाल-भारत सीमा क्षेत्रबाट पक्राउ गरेको बताएको थियो । पक्राउपछि थप अनुसन्धानका लागि काठमाडौं ल्याइएका अर्याललाई शुक्रबार म्याद थपको प्रक्रिया अघि बढाउन सरकारी वकिल कार्यालयमा ल्याइएको हो ।

 उनलाई अबकाठमाडौं जिल्ला अदालतमा उपस्थित गराउने तयारी हुँदैछ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ