- असार ०७, २०८०
सांकेतिक तस्बिर
सिन्धुली। दुधौली नगरपालिका–२ लामिडाँडामा एक युवकको शव फेला परेको छ। उनको नामथर र ठेगाना खुल्न सकेको छैन।
दुधौली–२ स्थित मधुगङ्गा महादेवको दर्शन गर्न आएका युवकको शव फेला परेको जानकारीमा आएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सूर्यप्रकाश सुवेदीले जानकारी दिए।
शव फेला परेको स्थानीयवासीले जानकारी दिएपछि प्रहरीले यसबारे अनुसन्धान गरिरहेको उनले बताए।
दुधौली–२ का वडाअध्यक्ष रितेश राउतका अनुसार ती युवक मधुगङ्गा महादेवको दर्शन गर्न आएका थिए।
स्थानीयवासीले घटनाबारे जानकारी दिएपछि प्रहरी उपरीक्षक लालध्वज सुवेदी नेतृत्वको टोली तथा इलाका प्रहरी कार्यालय डकाहाको टोली घटनास्थलमा गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
टिप्पणीहरू: