- असार ०६, २०८०
काठमाडाैं । कांग्रेस उपसभापति प्रकाशमान सिंहकाे निवास चाक्सीबारीमा साेमबार गरेकाे नेपाली कांग्रेसका ‘सात भाइ’ले नेपाली कांग्रेस र नेकपा एमालेबिच सरकार गठनका बेला भएको सहमतिअनुरूप सरकारले संविधान संसाेधन प्रकृया अघि नबढाएकाे निष्कर्ष निकालेका छन् ।
कांग्रेसका सात पूर्व पदाधिकारीले दुई दलबिचको सात बुँदे सहमतिअनुरूप संविधान संशोधनको प्रक्रिया अगाडि बढाउनुपर्ने निष्कर्ष निकालेका हुन् ।
बैठकमा पूर्व उपसभापतिहरू विमलेन्द्र निधि, विजयकुमार गच्छदार र गोपालमान श्रेष्ठ तथा पूर्वमहामन्त्रीहरू कृष्णप्रसाद सिटौला, सिंह र डा.शशांक कोइराला तथा पूर्वसहमहामन्त्री तथा वर्तमान कांग्रेस प्रवक्ता डा प्रकाशशरण महत सहभागी थिए ।
बैठकपछि पूर्वमहामन्त्री सिटौलाले बैठकले संविधान संशोधनको प्रक्रिया अगाडि बढाउनुपर्ने निष्कर्ष निकालेको जानकारी दिए ।
त्यस्तै बैठकमा गठबन्धन सरकारले अझै राम्रो काम गर्नुपर्ने निष्कर्ष पनि निकालेको छ । सिटौलाले भने, ‘सरकारले जनताको हितमा अझै राम्रो काम गर्न सक्नुपर्छ भन्ने हाम्रो निष्कर्ष हो ।’
उनीहरूले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउने गरी विभिन्न स्थानमा बहस गर्ने निष्कर्ष पनि निकालेका छन् । गठबन्धनको भावनाअनुरूप सरकारले काम गर्नुपर्ने र यही गठबन्धनलाई २०८४ को निर्वाचनसम्म निरन्तरता दिनुपर्ने पनि उनीहरूको निष्कर्ष छ ।
टिप्पणीहरू: